१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

जन्मदिनमा फरक क्षमताका बालबालिकालाई शैक्षिक सामग्री प्रदान

लक्ष्मण घिमिरे । जन्मदिन कसरी मनाउने ? कती खर्च गर्ने ? के मा खर्च गर्ने भन्ने विषय व्यक्तीको आफ्नो स्वभावमा भर पर्ने कुरा हो । आफ्नो फजुल खर्च जोगाएर सामाजिक काममा लगानी गर्ने, दुखी गरिबलाई सहयोग गर्ने बानी बसाल्नु पर्छ भन्ने उद्देश्यका साथ अर्घाखाँचीका युवा व्यवसायी रञ्जित श्रेष्ठले आफ्नो जन्मदिन फरक क्षमताका बालबालिकासंग मनाएका छन् ।

सन्धिखर्क नगरपालिका वडा नम्बर १,मिडियाचोक निवासी श्रेष्ठले आफ्नो जन्मदिनका अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै निर्मल नवज्योति सुस्त मनस्थिती विद्यालयमा अध्ययनरत फरक क्षमताका बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै दिवा खाना समेत खुवाएका छन्।

जन्मदिनमा उनले बालबालिकालाई आवश्यक पर्ने कलम, कापी लगायतका शैक्षिक सामग्री वितरण गरे। ‘जन्मदिनको अवसरमा फजुल खर्च नगर्ने मनसायमा थिएँ,उनले भने,‘ आगामी दिनमा समेत सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’

विद्यालयका प्रधानाध्यापक कमला भुसालले विद्यालयमा २४ जना फर क्षमताका बालबालिका रहेको भन्दै जन्मदिनको अवसरमा विद्यालयमा शैक्षिक सामाग्री प्रदान र दिवा खाना खुवाएकोमा धन्यवाद व्यक्त गरिन् । बालबालिकाले पढ्ने भवन अहिले पुरानो संरचनाबाट नयाँ भवनमा सारेको भन्दै प्रधानाध्यापक भुसालले फर्निचर लगायतका सामाग्रीको अभाव रहेको बताईन् ।

कार्यक्रममा श्रेष्ठ दम्पतीका अलावा शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय