लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेवमा श्रीमानले श्रीमतीको हत्या गरेर भान्सा कोठामा गाडेको फेला परेको छ ।
छत्रदेव गाउँपालिका-४, पातलेमा आफ्नै श्रीमती ३४ वर्षीया सुमित्रा कुमाल गुरूङको हत्या गरेको शव भान्सा कोठामा गाडेको अवस्थमा प्रहरीले फेला पारेको हो । हत्याको आरोपमा श्रीमान ३६ वर्षीय किरण गुरूङलाई प्रहरीले पक्राउ गरेको हो।
किरणले आफ्नै श्रीमती सुनिताको हत्या गरेको अभियोगमा प्रहरी चौकी वल्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। धेरै दिन सुनिता नदेखिएपछी छरछिमेकले श्रीमानलाई सोध्दा शंकास्पद व्यवहार देखेपछी प्रहरीलाई खबर गरेका थिए ।
खोजतलास गर्दा प्रहरीले भान्सा कोठामा खाडल खनेर गाडेको अवस्थामा सुनिताको शव फेला पारेको थियो। घटनाको गहन अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख (डिएसपी) चक्र बहादुर मल्लले जानकारी दिए ।
