घटनाको जिम्मेवारी लिँदै गृहमन्त्री लेखकले दिए राजीनामा

गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

आजको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।

नेपाली कांग्रेसको बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा गृहमन्त्रीको राजीनाकाको विषय उठेको थियो । कांग्रेस नेताहरूले घटनाको जिम्मेवारी लिँदै राजीनामा दिनुपर्छ भनेपछि गृहमन्त्री लेखक राजीनामा दिने मनस्थितिमा पुगेका थिए ।

ठूलो मानवीय क्षति हुने गरी बल प्रयोग गरेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए । बैठकको निष्कर्षपछि गृहमन्त्रीले राजीनामा दिने तयारी पुगेका थिए ।

कांग्रेसको बैठक सकेर मन्त्रिपरिषदको बैठकमा सहभागी हुन बालुवाटार पुगेका लेखेकले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

जेन जीले काठमाडौंसहित देशका विभिन्न शहरमा गरेको प्रदर्शनका क्रममा अहिलेसम्म २० जनाको ज्यान गएको छ । काठमाडौं उपत्यकामा १८ र इटरीमा २ जना गरी २० जनाको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय