१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

साफ १७ वर्षमूनीको च्याम्पियनसिप खेल्न नेपाली टोली आज श्रीलङ्का जाँदै

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमूनीको च्याम्पियनसिप फुटबल खेल्न नेपाली टोली आज श्रीलङ्का जाँदैछ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हिजो एक कार्यक्रमकाबीच नेपाली टोलीलाई बिदाइ गर्‍याे । टोली आज श्रीलङ्काको राजधानी कोलम्बो प्रस्थान गर्नेछ । १७ वर्षमूनीको साफ प्रतियोगिता पर्सि सेप्टेम्बर १५ देखि २७ तारिखसम्म हुँदैछ । समूह ‘ए’ मा रहेको नेपालले पर्सि घरेलु टोली श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ ।

त्यस्तै आउँदो असोज एक अर्थात् सेप्टेम्बर १८ तारिखमा बङ्गलादेशसँग खेल्नेछ । समूह ‘ए’ मा श्रीलङ्का, नेपाल र बङ्गलादेश तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय