साफ १७ वर्षमूनीको च्याम्पियनसिप खेल्न नेपाली टोली आज श्रीलङ्का जाँदै

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमूनीको च्याम्पियनसिप फुटबल खेल्न नेपाली टोली आज श्रीलङ्का जाँदैछ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हिजो एक कार्यक्रमकाबीच नेपाली टोलीलाई बिदाइ गर्‍याे । टोली आज श्रीलङ्काको राजधानी कोलम्बो प्रस्थान गर्नेछ । १७ वर्षमूनीको साफ प्रतियोगिता पर्सि सेप्टेम्बर १५ देखि २७ तारिखसम्म हुँदैछ । समूह ‘ए’ मा रहेको नेपालले पर्सि घरेलु टोली श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ ।

त्यस्तै आउँदो असोज एक अर्थात् सेप्टेम्बर १८ तारिखमा बङ्गलादेशसँग खेल्नेछ । समूह ‘ए’ मा श्रीलङ्का, नेपाल र बङ्गलादेश तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय