लक्ष्मण घिमिरे ।
अर्घाखाँची । (नेकपा) एमाले अर्घाखाँचीले अत्यावश्यक सेवा सञ्चालनमा ल्याएको छ ।
जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेर ध्वस्त पारिएको पार्टी कार्यालयमा नयाँ बोर्डसमेत राखिएको छ । पार्टी कार्यालय सफा गरेर अत्यावश्यक सेवा सञ्चालनमा ल्याईएको (नेकपा) एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले जानकारी दिए ।
गत २४ गते भएको प्रदर्शनमा कार्यालयको संरचना, कार्यालय भित्रका महत्वपुर्ण कागजात, ल्यापटप, कम्प्युटर, दराज, कुर्सी, टेबल जलेर खरानी भएको छ । कार्यकर्तालाई संयम रहनपनि पार्टीले आग्रह गरेको छ ।
