१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

पाकिस्तानविरूद्ध भारतको अर्को सहज जित

एसिया कप टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर-४ को खेलमा भारतले पाकिस्तानमाथि अर्को सहज जित निकालेको छ। दुबईमा आइतबार राति सकिएको खेलमा भारत ६ विकेटले विजयी भयो।

पाकिस्तानले दिएको १७२ रनको लक्ष्य भारतले १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।  भारतका लागि ओपनर अभिषेक शर्माले ३९ बलमा ६ चौका र ५ छक्काको मद्दतमा ७४ रन जोड्दा शुभमन गिलले २८ बलमा ४७ रन बनाए।तिलक बर्माले १९ बलमा २ चौका र २ छक्काको मद्दतमा नटआउट ३० रन जोडे।

त्यसअघि टस जितेको भारतले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५ विकेटको क्षतिमा १७१ रन जोड्यो।पाकिस्तानका लागि ओपनर साहिबजादा फरहानले ४५ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए। त्यस्तै फखर जमानले ९ बलमा १५ रन, सइम अयुबले १७ बलमा २१ रन र फहिम असरफले ८ बलमा नटआउट २० रन बनाए।

बलिङमा भारतका शिवम् दुवेले २ विकेट लिए भने हार्दिक पाण्ड्या र कुलदिप यादवले १-१ विकेट लिए।  सुपर-४ मा यसअघि बंगलादेशले श्रीलंकालाई हराएको थियो। भारतले यसअघि समूह चरणमा पनि पाकिस्तानलाई हराएको थियो।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय