पाकिस्तानविरूद्ध भारतको अर्को सहज जित

एसिया कप टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर-४ को खेलमा भारतले पाकिस्तानमाथि अर्को सहज जित निकालेको छ। दुबईमा आइतबार राति सकिएको खेलमा भारत ६ विकेटले विजयी भयो।

पाकिस्तानले दिएको १७२ रनको लक्ष्य भारतले १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।  भारतका लागि ओपनर अभिषेक शर्माले ३९ बलमा ६ चौका र ५ छक्काको मद्दतमा ७४ रन जोड्दा शुभमन गिलले २८ बलमा ४७ रन बनाए।तिलक बर्माले १९ बलमा २ चौका र २ छक्काको मद्दतमा नटआउट ३० रन जोडे।

त्यसअघि टस जितेको भारतले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५ विकेटको क्षतिमा १७१ रन जोड्यो।पाकिस्तानका लागि ओपनर साहिबजादा फरहानले ४५ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए। त्यस्तै फखर जमानले ९ बलमा १५ रन, सइम अयुबले १७ बलमा २१ रन र फहिम असरफले ८ बलमा नटआउट २० रन बनाए।

बलिङमा भारतका शिवम् दुवेले २ विकेट लिए भने हार्दिक पाण्ड्या र कुलदिप यादवले १-१ विकेट लिए।  सुपर-४ मा यसअघि बंगलादेशले श्रीलंकालाई हराएको थियो। भारतले यसअघि समूह चरणमा पनि पाकिस्तानलाई हराएको थियो।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय