१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

नेपाली क्रिकेट टोली आज युएई जाँदै

नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (युएई) को प्रवेशाज्ञा पाएसंगै आज त्यहाँ जाँदैछ ।

नेपाल क्रिकेट संघका प्रवक्ता छुमी लामाकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएको हो। सो टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ। टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२० इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउनेछ।

नेपालले त्यहाँ वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ। नेपाली टोलीले प्रवेशाज्ञा नपाउँदा प्रतियोगितामा सहभागिता जनाउने विषयमा अन्योलता उत्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय