१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

अमेरिका आईसीसीको निलम्बनमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिका क्रिकेट (यूएसएसी) लाई निलम्बन गर्ने निर्णय गरेको छ । आन्तरिक कलह, नेतृत्व विवाद र सुशासन संकटका कारण आईसीसी बोर्डको भर्चुअल बैठकले अमेरिकालाई निलम्बन गरेको हो । तर, यो निलम्बनले फेब्रुअरीमा भारत र श्रीलंकामा हुने टी–२० विश्वकप वा २०२८ को लस एन्जेलस ओलम्पिक खेलमा अमेरिकाको सहभागितामा भने असर पार्ने छैन ।

यसअघि गएको जुलाईमा आईसीसीको वार्षिक साधारण सभामा यूएसएसीलाई तीन महिनाभित्र स्वतन्त्र र निष्पक्ष चुनाव गराउन र व्यापक सुशासन सुधारका लागिभनेको थियो । तर, यसतर्फ थप प्रगति नदेखिएपछि निलम्बनको निर्णय भएको हो । योसँगै अस्थायी रूपमा अमेरिकी राष्ट्रिय क्रिकेट टोलीको व्यवस्थापन र प्रशासन आईसीसीले नै हेर्ने भएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय