सुर्य प्रसाद भुसाल ।
अर्घाखाँची । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सचिवालय सदस्य बालाजु श्रेष्ठले गुणस्तरीय काम नगर्नेको निर्माण व्यवसायीका कारण सबै व्यवसायिहरु को बदनाम हुने गरेको बताएका छन ।
नेपाल निर्माण व्यवसायि संघ प्युठानले सदरमुकाम प्युठानमा आयोजना गरेको दशैं विशेष शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै उनले निर्माण व्यवसायीहरुले अनावश्यक कम मूल्यमा ठेक्का सकार्ने प्रवृत्तिका कारण पछिल्लो समय गुणस्तरीय काम गर्न चुक्ने गरेपछि नागरिकले सबै ईमानदार व्यवसायि लाई समेत प्रश्न उठाउने गरेको बताएका हुन् ।
श्रेष्ठले विकास निर्माणको सम्वाहक निर्माण व्यवसायी भएकोले मुलुकलाई समृद्ध बनाउने काममा व्यवसायिको उल्लेखनीय भुमिका रहेको बताए । म्याद नभएको, माइलस्टोनको कारण र निर्माण सामग्रीको मूल्य वृद्धिका कारण अहिले निर्माण व्यवसायिहरु विस्थापित हुने अवस्था आएको उनको गुनासो छ ।
‘हाम्रो ‘मूल समस्या कम मूल्यमा ठेक्का सकार्ने हो यसलाई कसरी संबोधन गर्ने भन्ने चुनौती छ तर निर्माण व्यवसायिले बुझेनौं ‘‘कम मूल्यमा ठेक्का लिएर समयमा काम नगर्ने र गुणस्तरीय काम नगर्नेको साथमा लोकतान्त्रिक निर्माण व्यवसायी सघ छैन र हामी पनि राम्रो काम गर्ने सच्चिने नागरिकको चाहानालाई गुणस्तरीय काम गरेर पूरा गर्नु पर्छ ।’’
सदस्य श्रेष्ठले केही निर्माण व्यवसायीका कारण ले गर्दा सबै निर्माण व्यवसायीहरु भनेको गलत प्रवृत्ति भएका र गलत काम गर्नेहरुको समुह हो भन्ने नागरिक लाई परेको बताए । हामिले राम्रो काम गरेर यस्ता कुरालाई निरुत्साहित गरि नागरिकको विश्वास जित्ने काम गर्नु पर्ने उनको भनाइ छ ।
