१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

कांग्रेसका युवाहरु भन्छन्- ‘जिल्ला कार्यसमितिले गलत निर्णय गर्‍यो’

नेपाली कांग्रेसका ४० वर्षमुनिका युवाहरूले एकल उम्मेदवार सिफरिस गर्नुपर्ने अडान लिए पनि त्यस अनुसार जिल्ला कार्यसमितिले निर्णय गर्न सकेन। उम्मेदवार छनौट गरेर एकल रूपमा सिफारिस गर्नुपर्ने, पटक–पटक अवसर पाएकालाई सिफारिस गर्न नहुने, प्रत्यक्ष निर्वाचनमा युवा अनुहार हुनुपर्ने उनीहरूको माग थियो।

जिल्ला कार्यसमितिले दवाब थेग्न नसकेपछी मापदण्डविपरित उम्मेद्वारहरु सिफरिस गरेको छ । प्रत्यक्ष, समानुपातिक र माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि एक–एक जना मात्रै उम्मेदवारको नाम सिफारिस नगरे जिल्ला कार्यसमितिविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिने युवा समूहको चेतावनीका बिच कार्यसमितिले ठुलो संख्यामा उम्मेदवारहरू सिफारिस गरेपछि युवाहरू थप आक्रोशित भएका छन्।

क्षेत्रीय उपसभापति अर्जुन पोख्रेल नेतृत्वमा तरुण दल अध्यक्ष नारायण खड्का, राजकुमार श्रेष्ठ, गोपाल खनाल, सन्जय पाण्डे, हलिम खान लगायतका युवाहरूले जिल्ला कार्यसमितिले गलत निर्णय गरेकाले अविलम्ब सच्चाउन माग गरेका छन्।

युवाहरूको मनोभावनाको कदर त पछिको कुरा केन्द्रीय मापदण्डको धज्जी उडाएर जिल्ला कार्यसमितिले मनोमानी ढंगले उम्मेदवार सिफारिस गर्नु इतिहासकै कलंकित निर्णय भएको उनीहरूको भनाइ छ। यस्ता प्रवृत्तिले कांग्रेसलाई थप कमजोर गराउने र युवाहरूको मनोबलमा असर पुग्ने उनीहरूको ठहर छ।

‘हाम्रो युवाहरूको टोली निर्णय सच्चाउन काठमाडौं पुग्ने छौं,’क्षेत्रीय उपसभाति पोख्रेलले भने, ‘जिल्लाले सुनुवाइ नगरेपछि हामी केन्द्रमा गएर भए पनि निर्णय सच्चाउन दबाब दिने छौं।’

अधिकांश युवाहरुले सामाजिक संजालमा विरोध जनाएका छन् । पार्टी कार्यालयमा दवाब दिईरहेका युवाहरुलाई छक्याएर बाहिरैबाट निर्णय गरिएको भन्दै उनिहरुले आपत्ती जनाएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय