१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

जाँचबुझ आयोगमा बयान दिन गए रमेश लेखक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगसमक्ष बयान दिन उपस्थित भएका छन्। आयोगले पत्राचारमार्फत आइतबारसम्म उपस्थित हुन अनुरोध गरे पनि लेखक सोमबार सिंहदरबारस्थित आयोगको कार्यालय पुगेका हुन्।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको धनजनको क्षतिसम्बन्धी घटनाबारे तत्कालीन गृहमन्त्रीको हैसियतमा आयोगले लेखकसँग बयान लिन लागेको हो।  सरकारले जेन–जी आन्दोलनका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय