भुटानका स्पिनर सोनाम येशीले टी-२० क्रिकेटमा इतिहास रचेका छन्।
२२ वर्षीय उनले गत डिसेम्बर २६ मा म्यानमारविरुद्ध खेलेको तेस्रो टी-२० खेलमा उनले एकै खेलमा ८ विकेट लिएर इतिहास रचेका हुन्। उनले ४ ओभरमा ७ रन खर्चिएर एकै खेलमा ८ विकेट लिएका हुन्।
सो खेलमा भुटानले पहिला ब्याटिङ गरेको थियो जहाँ भुटानले म्यानमारलाई १२७ रन प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको म्यानमार सोनामको घातक बलिङको शिकार बन्न पुग्यो, जहाँ म्यानमार ४५ रनमै समेटियो।
सोनामले सन् २०२२ मा मलेसियाविरुद्ध टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। हालसम्म उनले ३४ वटा टी-२० खेल खेलेका छन्, जहाँ उनले ३७ विकेट आफ्नो नाम गरिसकेका छन्।
