अर्घाखाँचीका स्वतन्त्र उम्मेद्वार खनाल र काठमाण्डौका मेयर बालेनबिच भेटघाट

अर्घाखाँचीबाट आगामी निर्वाचनका लागी स्वतन्त्र उम्मेद्वारी घोंषणा गरेका नारायण प्रसाद खनालले काठमाण्डौका मेयर बालेन शाहलाई भेटघाट गरेका छन् ।

अर्घाखाँची जिल्लाबाट स्वतन्त्र उम्मेदवारका रूपमा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी घोषणा गरेका खनालको टिमले काठमाडौँमा सम्पन्न उक्त भेटघाटमा समसामयिक राजनीति, सुशासन, विकास व्यवस्थापन, स्थानीय तहको भूमिका तथा स्वतन्त्र उम्मेदवारीको महत्वबारे विस्तृत छलफल भएको जनाइएको छ। भेटघाटका क्रममा मेयर बालेन शाहले स्थानीय तहबाट देखिने इमानदार नेतृत्व, पारदर्शिता र परिणाममुखी कामले आम नागरिकको विश्वास जित्न सकिने धारणा व्यक्त गरेका थिए ।

बालेनलाइ रास्वपाले प्रधानमन्त्रीको उम्मेद्वार बनाएपछी उनलाई भेटेर उम्मेद्वारी सुनिश्चत गर्न विभिन्न नेता तथा आकांक्षीहरु शाहलाई भेट्न काठमाण्डौ पुग्ने गरेका छन् । भेटका क्रममा मेयर शाहले परम्परागत दलगत राजनीतिभन्दा बाहिर रहेर जनताको पक्षमा काम गर्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै स्वतन्त्र उम्मेदवारीमार्फत पनि मुलुकमा सकारात्मक परिवर्तन सम्भव हुने बताएका थिए ।

त्यसैगरी स्वतन्त्र उम्मेद्वार खनालको टिमले अर्घाखाँची जिल्लामा विद्यमान बेरोजगारी, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा युवाहरूको पलायनजस्ता समस्याबारे जानकारी गराउँदै स्थानीय आवश्यकता र सम्भावनाका विषयमा आफ्ना धारणा प्रस्तुत गरेको थियो।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय