१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

कांग्रेस पदाधिकारी बैठक बस्दै

आगामी वैशाख २८ देखि ३१ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय कार्यसम्पादन समिति बैठकले गरेपछि देखिएको विवाद समाधानको उपाय खोज्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आह्वान भएको छ ।

अहिले २ बजेका लागि पदाधिकारी बैठक बोलाइएको जानकारी सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए ।  ‘दिउँसो २ बजे पदाधिकारी बैठक भनेर पार्टी केन्द्रीय कार्यालय बोलाइएको छ,’ सहमहामन्त्री यादवले भने ।

पुस २६ देखि २८ गतेसम्म तोकिएको पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका अनुसार काम नभएपछि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले महाधिवेशनको मिति सारेर वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय बहुमतले गरेको थियो ।

त्यो निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा कार्यसम्पादन समिति सदस्यद्वय अर्जुननरसिंह केसी र उमा रेग्मीले फरक मत राखेका छन् ।

त्यतिमात्रै होइन महामन्त्री थापाले त कार्यसम्पादन समिति बैठकपछि पुस मसान्तभित्र पार्टीको विशेष महाधिवेशन गरेरै छोड्ने घोषणा गरेका छन् ।

कांग्रेसका २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए । कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएको ३ महिनामा विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ ।

त्यही व्यवस्थाअनुसार विशेष महाधिवेशन बोलाउनु पर्ने महामन्त्री थापाको भनाइ छ । तर, संस्थापनले भने मङ्सिर १५ गते नियमित महाधिवेशनको मिति तोकिएपछि विशेष महाधिवेशन माग गरेका हस्ताक्षर निष्क्रिय भइसकेको बताएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय