१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

भैरहवा विमानस्थलबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टर्मिनलबाट अवैध लागूऔषध गाँजासहित एक भारतीय पक्राउ परेका छन्। गाजा जस्तो देखिने पदार्थ करिब ५ किलोग्रामसहित भारतका ३६ वर्षीय राशिद भाटियान आइतबार दिउँसो पक्राउ परेका हुन्।

प्रहरीका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले एयर एशियाको उडानद्वारा थाईल्याण्डको बैंककबाट आएका उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

यता मोरङको मिक्लाजुङ गाउँपालिका-६ शान्ति टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित २३ वर्षीय मिलन कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनलाई लागूऔषध सहित पक्राउ गरेको हो।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय