२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

टी-२० विश्वकप : सेमिफाइनल खेल्ने चारै टोलीको टुंगो

जारी टी- २० पुरुष विश्वकपको सेमिफाइनल खेल्नै चारैवटा टोलीको टुंगो लागेको छ।

आइतबार राति भारतले सेमिफाइनलमा स्थान बनाएसँगै यस संस्करणको सेमिफाइनलको समीकरण पूरा भएको हो। वेस्ट इन्डिजमाथि ५ विकेटको जित हात पारेपछि भारत सेमिफाइनलमा पुग्ने अन्तिम टोली बनेको हो।

जारी विश्वकपमा इंग्ल्यान्ड सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली हो। त्यस्तै, दक्षिण अफ्रिका र न्यूजिल्यान्डले पनि सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।

यी चार टोलीमध्य भारत र इंग्ल्यान्डले समान २-२ पटक टी-२० विश्वकपको उपाधि जितेका छन् भने दक्षिण अफ्रिका र न्यूजिल्यान्ड उपाधिविहीन छन्।

सेमिफाइनलको पहिलो खेल आउँदो बुधबार हुनेछ, जहाँ दक्षिण अफ्रिका र न्यूजिल्यान्डले प्रतिस्पर्धा गर्ने छन्।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय