अर्घाखाँचीमा ३३ जना कैदिबन्दीले मतदान गर्दै

यही २१ गते हुने प्रतिनीधि सभा निर्वाचनमा अर्घाखाँचीबाट ३३ जना कैदिबन्दीले मतदान गर्दैछन् ।

प्रत्यक्षमा मतदान गर्न नपाएपनि उनिहरुले समानुपातिक मत दिनेछन् । कुल ८९ जना कैदिबन्दी रहेकामा ३३ जनाको मतदाता नामावलीमा नाम रहेको र उनिहरुलाई समानुपातिक मत दिने व्यवस्था मिलाईएको कारागार प्रमुख श्यामहरी भट्टराईले जानकारी दिए ।

जिल्ला कारागारमा रहेका चार जना महिला र २९ जना पुरुषले मतदान गर्नेछन् । उनिहरुलाई कारागार भित्रै मतदान गर्ने व्यवस्था मिलाईएको छ ।

यस्तै १ हजार ४५२ जना कर्मचारीले पनि समानुपातिकमा मतदान गर्नेछन् । जिल्ला प्रशासन कार्यालय परिसरमा उनिहरुलाई मतदानको व्यवस्था मिलाईएको छ । यसका अलावा सुरक्षामा खटिएका सुरक्षाकर्मी, निर्वाचन प्रहरी र खटिएका कर्मचारीले आफु रहेकै मतदान केन्द्रमा समानुपातिक मत दिनेछन् ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय