सन्धिखर्कको मतगणना सकिँदा रास्वपालाई भारी मत

लक्ष्मण घिमिरे ।
अर्घाखाँची  । अर्घाखाँचीमा सुरु भएको मतगणना पुराना दलहरुका लागी अनपेक्षित बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले अकल्पनीय मत ल्याएपछी यसभन्दा अँघीं गढ मानिएका कांग्रेस–एमाले विरासत भत्किएका छन् ।

सुरूवाती चरणमै अग्रता लिएका रास्वपा उम्मेदवार हरी प्रसाद भुसालले सन्धिखर्क नगरपालिकाको मतगणना सकिँदा सर्वाधिक ८०३३ मत पाएका छन् । सन्धिखर्कका १२ ओटै वडामा रास्वपाले अग्रता कायम राख्न सफल भयो ।

निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पिताम्बर भुसालले ४३५१ र नेपाली कांग्रेसका बिष्णु मुस्कानले ४१७० मत पाएका छन् । रास्वपा र एमालेको मतान्तर ३६८२ रहेको छ ।

अर्घाखाँचीमा १ लाख ७१ हजार ६ सय ५२ मतदाता थिए । हिंजो सम्पन्न निर्वाचनमा ८६ हजार ६६८ मत खसेको थियो । जसमध्ये महिला ४७ हजार ६ सय ८८ र पुरूष ३८ हजार ९ सय ८० मतदाताले निर्वाचनमा भाग लिएका थिए ।

यो मतगणनाको सुरुवाती चरण भएपनि कांग्रेस र एमालेका पकड क्षेत्रहरुमै रास्वपाले अग्रता ल्याउँदा परिणामको आँकलन गर्न सकिने अन्य दलहरुले स्विकार गर्न थालेका छन् ।

अब शितगंगाको मतगणना सुरु हुँदैछ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय