अर्घाखाँचीमा बिहिवार सम्पन्न निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म सन्धिखर्क नगररपालिकाका सबै १२ वटा वडा र शितगंगा नगरपालिकाको १ नम्बर वडाको मतगणना सम्पन्न भएको छ ।
१३ ओटै वडामा रास्वपाले अग्रता ल्याएको छ । अहिले सम्म रास्वपाले ८ हजार ४२३, एमालेले ४ हजार ५९४, कांगैसले ४ हजार ४६५, नेपाली कम्युनिष्ट पार्टीले ८६३ मत ल्याएको छ ।
