ओली भन्दा १० हजार मतले बालेन अँघीं

झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले १० हजार बढी मतान्तर कायम गरेका छन्।

बिहीबार साँझ मतगणना जारी रहँदा उनले १३ हजार ६५४ मत ल्याएका छन्। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ३०११ मत पाएका छन्।

बालेन र ओलीबीचको मतान्तर १० हजार ६४३  छ। यहाँ श्रम संस्कृति पार्टीका समीर तामाङ १ हजार ५१७ मत प्राप्त गर्दै तेस्रो स्थानमा उक्लिएका छन्। कांग्रेसकी मन्धरा चिमरियाले ४०३ मत पाएकी छन्।

नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ३७० मत पाएका छन्।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय