मनाङमा कांग्रेसका टेकबहादुर गुरूङ विजयी

मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरूङ विजयी भएका छन्। बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनको मत गणनामा गुरूङले अन्य प्रतिस्पर्धीलाई पछाडी पार्दै विजयी भएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मनाङका अनुसार कांग्रेसका गुरूङले २ हजार ४१५ मत पाएका छन् भने उनका निकटम प्रतिस्पर्धी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत पाएकी छिन्।

मनाङमा मंगोल नेशनल पार्टीका रामबहादुर घलेले ९ मत पाएका छन्। कुल ७ हजार मतदाता रहेको मनाङमा ३ हजार ९२३ मत खसेको थियो।

मनाङका मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार ४५ मत बदर भएको छ। हिमाली जिल्ला मनाङमा कांग्रेस उम्मेदवार गुरूङलाई नेकपा एमालेले समर्थन गरेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएको थिएन।

मुख्य निर्वाचन अधिकृत पौडेलले मत गणना सकिए पनि घोषणा हुन बाँकी रहेको जनाएका छन्।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय