चैत ३० देखि ए डिभिजन लिग गर्ने सहमति : एन्फामा लागेको ताला खुल्यो

नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) मा लगाएको तालाबन्दी खुलेको छ।

एन्फा र खेलाडी संघबीच आज एन्फाकै खेलाडी होस्टलमा भएको वार्तापछि तालाबन्दी खुलेको हो। वार्तामा सहिद स्मारक ए डिभिजन लिग चैत ३० गतेदेखि गर्ने सहमति भएको छ। यस्तै आगामी मंसिरभित्रमा बी डिभिजन र सी डिभिजन पनि सक्ने सहमति भएको एन्फा प्रवक्ता सुरेश शाहले बताए।

साथै खेलाडी संघले अक्षय कोषमा रकम जम्मा गर्नु पर्ने मागमा पनि सहमति जुटेको छ। सहमतिअनुसार कोषमा जम्मा गर्नु पर्ने रकम सकेसम्म चाडो जम्मा गरिनेछ।

यस्तै खेलाडीका लागि घोषणा भएको पुरस्कार चैतभित्र एक किस्ता दिने र त्यसपछि अरु दिँदै जाने पनि सहमति भएको प्रवक्ता शाहको भनाइ छ। यसअघि गत आइतबार खेलाडी संघले तीन बुँदे माग राख्दै एन्फा मुख्यालय सातदोबाटोमा तालाबन्दी गरेको थियो।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय