पीएसएल क्रिकेटको उद्घाटन र फाइनल खेल दुवै लाहोरको गद्दाफी स्टेडियममा हुने

पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट २०२६ को उद्घाटन र फाइनल खेल दुवै लाहोरको गद्दाफी स्टेडियममा हुने भएको छ । पाँच वर्षमा चौथो पटक गद्दाफी स्टेडियममा पीएसलको फाइनल खेल हुने भएको हो ।

११औँ संस्करणको पीएसएल यही मार्च २६ देखि मे ३ सम्म हुनेछ । प्रतियोगितामा पहिलो पटक आठ वटा टोली सहभागी हुँदैछन् । प्रतियोगितामा पाकिस्तानका ६ वटा शहर–लाहोर, कराँची, रावलपिन्डी, मुल्तान, फैसलाबाद र पेशावरमा सञ्चालन हुनेछ ।

टोलीहरूको सङ्ख्या बढेसँगै प्रतियोगिताको ढाँचामा परिवर्तन आएको छ । पहिलो पटक सबै टोलीले एकअर्कासँग दुई पटक खेल्ने छैनन् ।

पीएसएलमा लाहोर कलन्दर्स साविक विजेता हो, लाहोरले पछिल्ला चार संस्करणमध्ये तीन पटक उपाधि जितेको छ ।

यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई इस्लामाबाद युनाइटेडले टोलीमा अनुबन्ध गरेको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय