२३ चैत्र २०८२, सोमबार
२३ चैत्र २०८२, सोमबार

प्रधानमन्त्री कप : सुपर ओभरमा लुम्बिनीको जित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबलाई सुपर ओभरमा पराजित गरेको छ।

लुम्बिनीले प्रतियोगितामा पहिलो जित निकालेको हो।

वीरगञ्जमा दुवै टोलीले १२४-१२४ रन बनाएपछि भएको सुपर ओभरमा पहिले ब्याटिङ गरेको लुम्बिनीले १४ रन बनायो। जवाफी ब्याटिङ गरेको एपिएफले ६ रन मात्र जोड्न सक्यो।

लुम्बिनीका लागि सुपर ओभरमा सन्तोष यादवले उत्कृष्ट बलिङ गर्दा रोहित पौडेल, लोकेश बम र सन्दीप जोरा सफल भएनन्।

त्यसअघि पहिले ब्याटिङ गरेको एपिएफ १२४ रनमा अलआउट भयो। उसका लागि अभिषेस गौतमले सर्वाधिक २८ रन बनाए। बलिङमा लुम्बिनीका अजय चौहानले ४ विकेट र सन्तोष यादवले ३ विकेट लिए।

१२५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले पनि १२४ रन बनाउँदा सबै विकेट गुमायो। उसका लालगि कप्तान देव खनालले ४५ रन बनाए।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय