पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्। उनलाई आज (बिहीबार) बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको हो।

नियमित परीक्षणको लागि अस्पताल भर्ना भएका एक चिकित्सकले जानकारी दिए। उनका अनुसार शाहको पेसमेकर (मुटुको धड्कनलाई नियन्त्रण गर्ने उपकरण) परिवर्तन गर्नेबारे चिकित्सकहरू परामर्शमा छन्।

शाह भोलि डिस्चार्ज हुने सम्भावना रहेकाे उनकाे भनाइ छ। उनलाई यसअघि पटक पटक हृदयघात भएको थियो।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय