क्यानले गर्‍यो क्रिकेटर करण केसीलाई एक खेलमा प्रतिबन्ध

समाचार सारांश
Auto Generated by AI
  • अम्पायरमाथि विवादित टिप्पणी गरेपछि करण केसीलाई एक खेलमा प्रतिबन्ध लगाइएको छ।
  • क्यानले उनलाई १०० प्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय समेत गरेको छ।
  • आफ्नो अभिव्यक्तिप्रति करणले माफी माग्दै उक्त टिप्पणी मजाकमा गरिएको दाबी गरेका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टोलीका क्रिकेटर करण केसीलाई एक खेलमा प्रतिबन्ध गरेको छ।

आइतबार क्यानले एक विज्ञप्ति जारी गर्दै करणलाई जारी प्रधानमन्त्री क्रिकेट प्रतियोगिताको एक खेलमा प्रतिबन्ध गरेको हो। करणले शनिबार दिउँसो एक पोस्टमा कमेन्ट गरेर जारी पिएम कपको अम्पायरमाथि निन्दनीय अभिव्यक्ति दिएका थिए।

उनको उक्त पोस्टको कमेन्टपछि अम्पायर्स तथा स्कोर्स संघले उनको कारबाही माग गरेका थिए। करणले सो कमेन्ट मजाक गरेको भन्दै माफी समेत मागेका छन्। साथै, क्यानले उनको १०० प्रतिशत म्याच शुल्क जरिवाना गर्न समेत निर्णय गरेको छ।

जारी पिएम कपमा उनी नेपाल पुलिस क्लबबाट खेलिरहेका छन्।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय