आफूले ट्रायल पास गरेको वा नवीकरणका लागि विवरण पेस गरेको कार्यालयबाटै लाइसेन्स लिन अनुरोध

समाचार सारांश
Auto Generated by AI
  • यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएका स्मार्ट लाइसेन्स छाप्ने कार्य सम्पन्न गरेको छ।
  • छपाइ भएका लाइसेन्सहरू सम्बन्धित यातायात कार्यालयमा पठाउने काम धमाधम भइरहेको छ।
  • सेवाग्राहीले आफूले फारम भरेको वा विवरण पेस गरेको सम्बन्धित कार्यालयबाट लाइसेन्स लिन सक्नेछन्।

यातायात व्यवस्था विभागले लामो समयदेखि छपाइको पर्खाइमा रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) हरू छपाई सम्पन्न गरी सम्बन्धित यातायात कार्यालयहरूमा पठाउन सुरु गरेको छ ।

विभागले एक सूचना जारी गर्दै छपाई भएका लाइसेन्सहरू द्रुत गतिमा सम्बन्धित कार्यालयहरूमा पठाउने कार्य भइरहेको र सेवाग्राहीले सम्बन्धित कार्यालयबाटै लाइसेन्स लिन सक्ने जानकारी दिएको हो ।

विभागका अनुसार, चालकहरूले आफूले ट्रायल पास गरेको वा नवीकरणका लागि विवरण पेस गरेको कार्यालयबाटै लाइसेन्स प्राप्त गर्न सक्नेछन् । विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्र छपाई भई यस विभागमा प्राप्त भएका लाइसेन्सहरू सम्बन्धित कार्यालयहरूमा पठाउने कार्य द्रुत गतिमा भइरहेको हुँदा सम्बन्धित व्यक्तिले आफूले विवरण पेस गरेको कार्यालयबाट नै लाइसेन्स लिनुहुन जानकारी गराइन्छ ।’

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय