
समाचार सारांश
Auto Generated by AI
- आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको छ।
- सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्यमा पनि तोलामा ५० रुपैयाँ घटेर ४ हजार ९९५ रुपैयाँ पुगेको छ।
आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो ।
हिजो तोलामा ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा ३ हजार रुपैयाँले घटेर तोलाको २ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साथै चाँदीको भाउ पनि आज तोलामा ५० रुपैयाँले घटेको छ । हिजो तोलाको ५ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ४ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
