यो वर्षको आर्थिक वृद्धि ३.८५ प्रतिशत हुने अनुमान

समाचार सारांश
Auto Generated by AI
  • यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान गरिएको छ।
  • देशको कुल अर्थतन्त्रको आकार बढेर ६६ खर्ब रुपैयाँ पुग्ने भएको छ।
  • विद्युत र ग्यास क्षेत्रमा सबैभन्दा धेरै २०.९३ प्रतिशत आर्थिक वृद्धि देखिएको छ।

यो वर्ष ३ दशमलव ८५ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयले उक्त जानकारी दिएको हो ।

नेपालको अर्थतन्त्रको आकार भने ६६ खर्ब पुग्ने अनुमान छ । अघिल्लो आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रहेको थियो ।

कुन क्षेत्रमा कति आर्थिक वृद्धि?
१. विद्युत र ग्यास: २०.९३%
२. वित्तीय तथा विमासम्बन्धी सेवा: ९.१६%
३. थोक तथा खुद्रा व्यापार: ८.२१%
४. आवास तथा भोजन सेवा (होटल/रेस्टुरेन्ट): ७.१२%
५. यातायात तथा भण्डारण: ५.७९%
६. सूचना तथा सञ्चार: ५.५३%
७. प्रशासनिक तथा सहयोगी सेवा: ४.५२%
८. मानव स्वास्थ्य तथा सामाजिक कार्य: ४.०४%
९. खानी तथा उत्खनन: ३.५२%
१०. पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप: ३.२७%
११. उद्योग : २.८३%
१२. घर जग्गा कारोबार सेवा: २.६९%
१३. अन्य सेवासम्बन्धी क्रियाकलाप: २.६५%
१४. निर्माण: २.३१%
१५. पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन: १.९९%
१६. शिक्षा: १.५०%
१७. कृषि, वन तथा मत्स्य: १.२८%
१८. सार्वजनिक प्रशासन तथा रक्षा: ०.२३%

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय