आईपीएलमा मंगलवार पन्जाब र राजस्थान खेल्ने

समाचार सारांश
Auto Generated by AI
  • मंगलबार आईपीएलमा पन्जाब किंग्स र राजस्थान रोयल्स भिड्दैछन्।
  • खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ।
  • पन्जाब अपराजित यात्रा कायम राख्ने र राजस्थान अंक सुधार गर्ने दाउमा छन्।

इन्डियन प्रिमियर लिग (आईपीएल)मा मंगलबार शीर्ष स्थानमा रहेको पन्जाब किंग्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गर्दैछन्।

महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रगंशालमा हुनलागेको खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेबाट सुरु हुनेछ। जारी आईपीएलमा पन्जाब अपराजित रहेको छ। टोलीले हालसम्म ७ खेल खेलेकोमा ६ खेलमा जित हात पारेको थियो भने १ खेलमा वर्षाको कारण अंक बाडेको थियो।

अंक तालिकाको चौथौ स्थानमा रहेको राजस्थानले भने ८ खेलमा ५ मा विजयी हुँदा ३ मा पराजय भोगेको छ। आईपीएलको इतिहासमा हालसम्म पन्जाब र राजस्थानबीच ३० पटक खेल भएको छ। राजस्थानले पन्जाबलाई १७ पटक हराएको छ भने पन्जाबसँग राजस्थान १३ पटक पराजित भएको छ।

आजको खेलमा पन्जाब आफ्नो अपराजित यात्रा कायम गर्न चाहन्छ भने राजस्थान पन्जाबलाई हराउँदै आफ्नो अंक सुधार गर्ने दाउमा छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय