
समाचार सारांश
Auto Generated by AI
- राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी पहिलो संशोधन अध्यादेश २०८३ जारी गर्नुभएको छ।
- मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम यो अध्यादेश ल्याइएको हो।
- सहकारी क्षेत्रका समस्या समाधान र कानुनलाई थप व्यवस्थित बनाउन सरकारले यो कदम चालेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार उक्त अध्यादेश जारी गरेका हुन्।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरिएको हो। सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र कानुनी व्यवस्थालाई परिमार्जन गर्न सरकारले अध्यादेशको बाटो रोजेको हो।

