आगामी आर्थिक वर्षको बजेटबारे अर्थ मन्त्रालयद्वारा विषयगत मन्त्रालयसँग छलफल

समाचार सारांश
Auto Generated by AI
  • अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ।
  • आज नौवटा मन्त्रालयका पदाधिकारीसँग बजेटको खाका र स्रोत व्यवस्थापनबारे छलफल गरिएको छ।
  • बाँकी मन्त्रालयहरूसँगको बजेट छलफल भोलि मङ्गलबार हुने अर्थ मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीअन्तर्गत आजदेखि मन्त्रालयगत बजेट छलफल सुरु गरेको छ।

आज नौवटा विषयगत मन्त्रालयहरुसँग आगामी आर्थिक वर्षको बजेट तयारीबारे छलफल भएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ।

आज गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग बजेटसम्बन्धी छलफल गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा आयोजित छलफलमा अर्थ तथा राजस्व सचिव, बजेट लेखन समितिका संयोजक तथा सदस्य, बजेट तथा कार्यक्रम महाशाखा प्रमुखलगायत सम्बन्धित शाखा प्रमुखहरू सहभागी थिए।

जसमा सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव तथा जिम्मेवार अधिकारीहरूसँग आगामी बजेटको खाका, नीति तथा कार्यक्रम, प्रस्तावित बजेट तथा स्रोत व्यवस्थापनका विषयमा छलफल गरिएको थियो।

बाँकी मन्त्रालयहरूसँगको बजेट छलफल मङ्गलबार हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय