मलेसियामा हुने टी–२० प्रतियोगिताका लागि महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा

समाचार सारांश
Auto Generated by AI
  • मलेसियामा हुने दुई अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिताका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा गरिएको छ ।
  • क्यानले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय मुख्य टोली र ४ जना वैकल्पिक खेलाडी छनोट गरेको छ ।
  • यो टोलीले मे र जुन महिनामा हुने एशियाली खेलकुद छनोट र एसीसी महिला प्रिमियर कपमा प्रतिस्पर्धा गर्नेछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले मलेसियामा हुने महत्त्वपूर्ण दुई अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिताका लागि महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

यही मे र जुनमा हुने एशियाली खेलकुद महिला छनोट र एसीसी महिला प्रिमियर कपका लागि क्यानले हिजो टोलीको घोषणा गरेको हो । क्यानले घोषणा गरेका टोलीमा १४ तथा वैकल्पिकमा चार जना रहेका छन् ।

टिममा कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतोसहित विन्दु रावल, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, रुवी पोद्दार, रिया शर्मा, सीता राना मगर, अनु कडायत, मनीषा उपाध्याय, रुविना क्षेत्री, सोनी पाख्रिन र सीमा केसी छन् । त्यस्तै वैकल्पिक खेलाडीमा सावित्री धामी, सोमु विष्ट, सना प्रवीण र लक्ष्मी साउद छन् ।

क्यानका अनुसार यो टोलीले यही मे २३ देखि ३१ सम्म मलेसियामा हुने ‘एशियन गेम्स महिला छनोट–२०२६’ र त्यस लगत्तै जुन १ देखि १३ सम्म हुने ‘एसीसी महिला प्रिमियर कप–२०२६’ मा नेपालको प्रतिनिधित्व गर्नेछ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय