क्युआर कोडसहितका थप १७ लाख थान लाइसेन्स छपाइ सुरु

समाचार सारांश
Auto Generated by AI
  • सुरक्षण मुद्रण केन्द्रले थप १७ लाख थान स्मार्ट लाइसेन्स छपाइ सुरु गरेको छ।
  • आगामी असार मसान्तभित्र सम्पूर्ण लाइसेन्स छपाइ सक्ने लक्ष्य राखिएको छ।
  • पहिलो चरणमा १२ लाख लाइसेन्स छपाइ भइसकेको र दोस्रो चरणको काम पनि जारी छ।

सुरक्षण मुद्रण केन्द्रमा दोस्रो चरणअन्तर्गत थप १७ लाख थान स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ सुरु भएको छ  ।

यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच गत वैशाख ४ गते क्युआर कोडसहितको स्मार्ट लाइसेन्स छपाइसम्बन्धी सम्झौता भएको थियो । सरकारले पहिलो चरणमा छापिन बाँकी रहेका ‘ब्याकलग’ लाइसेन्स छपाइ सम्पन्न गर्नुका साथै दैनिक मागलाई प्राथमिकतामा राख्दै दोस्रो चरणको सम्झौता गरेको हो ।

सुरक्षण मुद्रण केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले असार मसान्तभित्र १७ लाख थान लाइसेन्स छपाइ गर्ने लक्ष्य राखिएको जानकारी दिए । ‘पहिलो चरणको सम्झौताअन्तर्गत वैशाख पहिलो सातामै दैनिक ३१ हजार २२७ थानका दरले छपाइ गरी १२ लाख थान लाइसेन्स विभागलाई हस्तान्तरण गरिसकिएको छ,’ उनले भने ।

दोस्रो चरणको सम्झौताअन्तर्गत हालसम्म ८२४ थान अत्यावश्यक र २१ हजार ४८६ थान नियमिततर्फ गरी कुल २२ हजार ३१० थान लाइसेन्स छपाइ गरेर विभागलाई हस्तान्तरण गरिसकिएको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय