लिग-२ को सिरिजअघि अमेरिका र स्कटल्यान्डले नेपाल ए टोलीसँग सिरिज खेल्दै

समाचार सारांश
Auto Generated by AI
  • नेपाल क्रिकेट सङ्घले नेपाल ए टोलीको अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृङ्खलाको तालिका सार्वजनिक गरेको छ।
  • बिहीबारदेखि वैशाख २८ सम्म हुने उक्त शृङ्खलामा नेपाल ए, स्कटल्यान्ड र अमेरिका सहभागी हुनेछन्।
  • लिग २ का लागि तयारी स्वरूप यो अभ्यास शृङ्खला आयोजना गरिएको हो।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक गरेको छ।

बिहीबारदेखि सुरु हुने उक्त शृङ्खला यही वैशाख २८ गतेसम्म चल्नेछ। त्रिकोणात्मक क्रिकेट शृङ्खलामा नेपाल ‘ए’, स्कटल्याण्ड र अमेरिका सहभागी हुनेछन् ।

यो सिरिजपछि आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीच खेल हुनेछ। अमेरिका लिग २ को अंक तालिकाको शीर्ष स्थानमा छ भने स्कटल्यान्ड दोस्रो स्थानमा छन्।

लिग २ का शीर्ष दुई टोलीले नेपालसँग भिडन्अघि ए टोलीसँग अभ्यास सिरिज खेल्न लागेको हो।

खेल तालिका अनुसार नेपाल ‘ए’ले बिहीबार पहिलो खेल स्कटल्याण्ड, वैशाख २५ गते दोस्रो खेल अमेरिकासँग, वैशाख २६ गते तेस्रो खेल स्कटल्याण्डसँग र चौथो खेल वैशाख २८ गते अमेरिकासँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय