
- साताको पहिलो दिन नेप्से परिसूचक ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगेको छ।
- सबै १३ वटै उपसमूहमा वृद्धि आउँदा कारोबार रकम १ अर्ब ३३ करोडले बढेर ४ अर्ब ६१ करोड नाघेको छ।
- फर्स्ट माइक्रोफाइनान्सको मूल्य सर्वाधिक बढेको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको उच्च कारोबार भएको छ।
कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। नेप्से सोमबार ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ६.०८ अंक, फ्लोट इण्डेक्स २.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक बढेको छ।
सोमबार १३ वटै उपसमूहको परिसूचक बढेपछि कारोबार रकममा पनि १ अर्ब ३३ करोडले बडेको छ। सोमबार ३३२ स्टकको ६८ हजार ४४४ पटकको कारोबारमा ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ३९ हजार किक्ता शेयर खरिदबित्री भएको छ। कारोबार हुने अघिल्लो साताको अन्तिम दिन शुक्रबार ३ अर्ब २८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो।
आज फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १४.१९ प्रतिशत बढेको छ भने कुमारी धनवृद्धि योजनाको साढे ११ प्रतिशत र दोल्ती पावरको शेयरमूल्य करिब साढे ८ प्रतिशतले वृद्धि भएका छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको रिलायन्स स्पिनिङ्ग मिल्सको २१ करोड ९ लाख ९९ हजार रुपैयाँबराबरको कारोबार भएको छ। नेशनल हाइड्रोपावरको साढे १७ करोड र एसवाई प्यानल नेपालको १६ करोडको कारोबार भयो।
सबै १३ वटै उपसमूहको परिसूचक बढेको दिन सोमबार अन्य उपसमूहको परिसूचक सर्वाधिक २.११ प्रतिशत बढेको छ। बैंकिङ्ग, व्यापार, विकास बैंक, जलविद्युत, वित्त, लघुवित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
