नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत

समाचार सारांश
Auto Generated by AI
  • सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ४ बजे सङ्घीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ।
  • सोही कार्यक्रमका साथ आजदेखि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन सुरु हुँदैछ।

सरकारकाे आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएकाे छ ।

आज बसेकाे बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्री सस्मित पाेखरेलले जानकारी दिनुभयाे ।

आज दिउँसाे ४ बजे राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि शुरू हुँदैछ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय