संसदमा हर्कका ८ प्रश्न

समाचार सारांश
Auto Generated by AI
  • सांसद हर्क साम्पाङले प्रधानमन्त्री कार्यालयमा मात्र सीमित रहेको भन्दै सरकारको कार्यशैलीप्रति कडा आलोचना गरेका छन्।
  • लिपुलेक अतिक्रमण, सुकुम्बासी बस्तीमाथिको दमन र संवैधानिक व्यवस्थाको उल्लंघनबारे उनले सरकारसँग गम्भीर जवाफ मागेका छन्।
  • संसदलाई छलेर ल्याइएका अध्यादेश, अपारदर्शी ऋण र एकलौटी बजेट विनियोजन लोकतन्त्र विरोधी कदम भएको उनको भनाइ छ।

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारका कार्यशैलीलाई लिएर प्रश्नैप्रश्न गरेका छन्।

उनले प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सरकारका कार्यशैलीको विरोध गरेका हुन्।

‘गरिबका भत्किएका बस्ती र होल्डिङ सेन्टरमा प्रधानमन्त्री जानुभयो कि जानुभएको छैन। कि आफ्नै कार्यालयमा लुकीबस्नुभएको छ?,’ साम्पाङको प्रश्न छ।

यहाँ हामीले साम्पाङले प्रतिनिधि सभामा राखेका प्रश्नहरू राखेका छौं-

१. लिपुलेकमा भारतले नाका खोलेर चलाइराख्दा किन मौन छ यो सरकार? किन कूटनीतिक वार्ता गर्न सकेन। हस्ताक्षरबिना कूटनीतिक चिर्केटो नोटको भरमा लुकेर बसेको छ यो सरकार।

२. सरकारले नेपाली सेनालाई सीमा रक्षामा पठायो कि सुकुम्बासी बस्तीमा दादागिरी देखाउँदै बस्यो। सीमा बचाउन नसक्नु तर सेनाको दुरूपयोग गरेर गरिब जनताको बस्तीमा आतंक किन फैलाइयो? त्यसको जबाफ चाहिन्छ।

३. सुकुम्बासीलाई घरबारबिहीन बनाउने सरकार असफल भइसक्यो भन्ने हामीलाई महसुस भएको छ। सम्मानजनक बाँच्ने तथा आवासको हकका मौलिक अधिकार यो सरकारले उल्लंघन गरेको छ। संविधान मिच्ने सरकारले कुनै औचित्य हुन्छ र?

४. गरिबका भत्किएका बस्ती र होल्डिङ सेन्टरमा प्रधानमन्त्री जानुभयो कि जानुभएको छैन। कि आफ्नै कार्यालयमा लुकीबस्नुभएको छ? हामी उत्तर चाहन्छौं।

५. सरकारले थिति मिचेर अध्यादेश ल्यायो। संसद छल्नु भनेको जनमत नमान्नु होऽ लोकतन्त्र नमान्नु हो। विधि र थिति बसाउन किन सरकारले सकेन। सरकार लोकतन्त्र कमजोर बनाउने दिशामा छ।

६. सरकारलाई सामान्य हिसाब सिकाउने बेला आयो। संवैधानिक परिषदमा ६ संख्यामा ३ कसरी बहुमत भयो? वरीयतामा चौथोलाई पहिलो देख्ने सरकारलाई सोध्नुपर्ने भयो, ४ पहिले आउँछ कि १ भनेर सिकाउनुपर्ने भयो।

७. विदेशी ऋण लिन कीर्तिमान राख्ने देखिन्छ यो सरकारले। पछि आफैले व्यक्तिगत रूपमा ऋण तिर्ने हो कि जनताले हो? संसदमा छलफल गरेर औचित्य पुष्टि गरेर ऋण लिनुपर्छ कि पर्दैन?

८. बजेट ल्याउँदा सबैसँग छलफल गर्नुपर्छ कि पर्दैन? एकलौटी बजेट ल्याउने हो? सरकारमा बस्नेहरूको गोजीको पैसा हो कि राष्ट्रिय ढुकुटी? यसपालिको बजेट राष्ट्रिय बजेट हो कि रास्वपा बजेट हो, यसको जबाफ चाहिन्छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय