अर्घाखाँची अस्पतालमा मृत्यु हुने ७८ वर्षिय राममायाँ

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको पाणिनीमा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।
  • सुपा देउराली दर्शन गरी फर्कँदै गर्दा बस दुर्घटनामा परी २१ जना घाइते भएका छन्।
  • घाइतेहरूको अर्घाखाँची र पाल्पाका अस्पतालमा उपचार भइरहेको छ।

लक्ष्मण घिमिरे । अर्घाखाँचीको पाणिनी–८ दुर्गाफाँट कुडुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा थप १ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा कास्की-१९ का ७८ वर्षिय राममायाँ बस्नेत रहेको अस्पतालका स्वास्थ्यकर्मी अशोक चौहानले जानकारी दिए ।

पर्वतबाट अर्घाखाँची सुपा देउराली दर्शनका लागि आएको ग १ ध ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि पाल्पा जिल्ला र अर्घाखाँची अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवसबहादुर जिसीले जानकारी दिए ।

अन्य मृतकको पहिचान अझै खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय