अर्घाखाँची बस दुर्घटना : थप एकको मृत्यु, मृतकको संख्या ४ पुग्यो

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको पाणिनीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
  • सुपा देउराली दर्शन गरेर फर्कदै गर्दा ग १ ध ५०४ नम्बरको बस दुर्घटनामा परेको हो।
  • दुर्घटनामा घाइते भएका २६ जनाको पाल्पा र अर्घाखाँचीका अस्पतालमा उपचार भइरहेको छ।

लक्ष्मण घिमिरे ।
अर्घखाँची,बैशाख २९ । अर्घाखाँचीको पाणिनी–८ दुर्गाफाँट कुडुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु हुनेमा कास्की-१९ का ७८ वर्षिय राममायाँ बस्नेत बाहेक अन्य मृतकको पहिचान हुन सकेको छैन ।

पर्वतबाट अर्घाखाँची सुपा देउराली दर्शनका लागि आएको ग १ ध ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा २० जनाको पाल्पा र ६ जना घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवसबहादुर जिसीले जानकारी दिए ।

उद्दारकै क्रममा रहेकाले केही समयपछी थप विवरण आउने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय