प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची

समाचार सारांश
Auto Generated by AI
  • विपक्षीको अवरोधका कारण हिजो स्थगित प्रतिनिधिसभा बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।
  • सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै आजै निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ।
  • प्रधानमन्त्रीले नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाफ खोज्दै विपक्षी दलहरुले अवरोध गरेपछि हिजो स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ ।  बिहान ११ः०० बजे बोलाइएको आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ ।

गएको सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरेपछि बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो । नीति तथा कार्यक्रम पेश गर्न प्रधानमन्त्री नआएपछि प्रतिपक्षी सांसदहरूले सदन अवरुद्ध गरेका थिए ।

सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।  नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ । त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि ११ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल कायमै रहने सम्भावित कार्यसूची छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय