प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। सङ्घीय संसद भवन नयाँ बानेश्वमा बस्ने आजको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थ मन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ। लामो समयदेखि अवरुद्ध हुँदै आएको संसद अब नियमित सञ्चालन हुने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय