आज बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेको छ। प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै रास्वपाका सांसदहरूले उठेर अवरोध गरेका हुन्।
उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनका क्रममा पनि संसद् अवरोध जारी राख्ने बताएका छन्। रास्वपाको आज बसेको बैठकले आन्दोलन जारी भएकाले आज पनि संसद् अवरोधलाई जारी राख्ने निर्णय भएको बताएको छ।
विगत केही समयदेखि भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै आएको छ।
