१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई ‘भाइरल ज्वरो’

तीन दिनदेखि अस्पताल भर्ना भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अझै निको भएका छैनन् । पौडेल कडा ज्वरो आउने, टाउको दुख्ने भएपछि शनिबार अस्पताल भर्ना भएका हुन ।

अहिले पनि ज्वरो आउने, पखाला लाग्ने समस्या कायम रहेको अस्पतालका वरिष्ठ फिजिसियन डा। धुब्र गैरेले बताए । उनले पौडेलको केही परीक्षणको रिपोर्ट आएको र केही आउन बाँकी रहेको बताए । आइसकेका रिपोर्ट अनुसार आंशका गरिएका रोगहरू डेंगी र कोभिड दुवै देखा नपरेको बताए ।

हामीले सोचेको बाहेक अन्य कुनै भाइरल ज्वरो हुन सक्छ । थप रिपोर्ट आएपछि यकिन गर्न सकिने डा. गैरेले बताए । ‘भएका भन्दा अरु भाइरल ज्वरो पनि हुन सक्छ’ उनले भने ।

कल्चरको रिपोर्ट ४८ घण्टापछि आउने र त्यो अवधि साँझ मात्र पुग्ने उनले बताए । ज्वरोको कारण ठोस खाने कुरा आजसम्म खान नसकेको जीवनजल, जुस मात्र खान सकेको डा। गैरेले बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय