१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

अनुशासनकाे कारबाही पक्षपातपूर्ण भएकाे शेखर समूहकाे निष्कर्ष

नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको अनुशासन समितिले पूर्वाग्रह राखेर पार्टीका नेताहरूमाथि कारबाही गरेको निष्कर्ष निकालेको छ । संस्थापन इतर पक्षका नेता डा. शेखर कोइरालाको सचिवालयमा आज भएको संस्थापन इतर समूहले अनुशासन समितिले पूर्वाग्रह राखेर पार्टीका नेताहरूमाथि कारबाही गरेको निष्कर्ष निकालेको हो ।

नेताहरूले विधानतः कारबाही उचित नरहेको बताएका छन् । नेपाली कांग्रेसले संस्थापन इतर समूहको असहमतिका बीच बहुमतको आधारमा नेताहरूमाथि कारबाही गरेपछि डा. शेखर कोइराला समूहले असन्तुष्टि जनाएको हो ।

आनन्दप्रसाद ढुङ्गाना संयोजक रहेको अनुशासन समितिले बहुमतका आधारमा केही नेताहरूमाथि कारबाहीको निर्णय गरेको थियो । २०७९ सालमा भएको चुनावमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध कार्य गरेको आरोपमा तीन वर्षपछि कारबाही गरिएको हो ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले कारबाही पक्षपातपूर्ण र पूर्वाग्रही रहेको बताउनुभएको छ । अर्का कांग्रेस नेता एवम् अनुशासन समिति सदस्य सञ्जय गौतमले पनि कारबाहीको निर्णय उचित नरहेको र यसबारे पुर्नविचार गर्न पार्टी सभापति शेरबहादुर देउवासमक्ष आग्रह गरिने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय