एसीटीसँगको दोस्रो अभ्यास खेलमा पनि नेपालको जित

अस्ट्रेलिया टुरमा रहेको नेपाली क्रिकेट टोलीले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)सँगको दोस्रो अभ्यास टी-२० खेल पनि जितेको छ ।

नेपालले एसीटीलाई ६ विकेटले हराएको हो । एसीटीले दिएको ९७ रनको लक्ष्य नेपालले १३.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

दीपेन्द्रसिंह ऐरीले सर्वाधिक अविजित ४२ रन बनाए । गुल्शन झाले २३ रन बनाए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एसीटी १७.२ ओभरमा ९६ रनमा अलआउट भएको थियो।  नेपालका दीपेन्द्रसिंह ऐरी र शाहब आलमले ४-४ विकेट लिए भने रोहित पौडेल र गुल्शन झाले १-१ विकेट लिए ।

यसअघि केहीबेर अघि भएको पहिलो अभ्यास खेलमा नेपाल ४१ रनले विजयी भएको थियो । टप एन्ड टी-२० सिरिज समाप्त भएपछि नेपालले थप पाँच अभ्यास खेलहरू खेल्ने तय भएको थियो ।

नेपालले यसपछि २८ र ३० अगस्टमा साउथ अस्ट्रेलियाको टिमसँग पनि २ टी-२० र एक वान डे खेल खेल्नेछ । टप एन्ड टी-२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं भएको थियो । नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वका साथ हेरिएको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय