भदौ १३ मा बस्ने भनिएको एमाले केन्द्रीय कमिटी बैठक स्थगित

विधान महाधिवेशनमा लैजाने प्रस्तावहरूमाथि छलफल गर्ने प्रयोजनका लागि भदौ १३ गते केन्द्रीय कमिटी बैठक बोलाइएको थियो । तर आवश्यक तयारी नपुगेको भन्दै अन्तिम अवस्थामा बैठक स्थगित गरिएको हो ।

एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म बस्नेगरी तय भएको छ । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले १३ गतेको बैठक स्थगित भएको भन्दै अर्को मिति तय भइनसकेको बताए ।

‘अर्को सूचना जारी नभएसम्म बैठक स्थगित गरिएको हो’, अधिकारीको भनाइ छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन भ्रमणमा जाँदैछन् ।

अब उनी फर्केपछिमात्र बैठक बस्नसक्ने नेताहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय