१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

कांग्रेसका पूर्व मन्त्री खड्का रास्वपा प्रवेश

नेपाली कांग्रेसले अनुशासनको कारबाही गरेका गण्डकी प्रदेशका पूर्व मन्त्री कुमार खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। शनिवार खड्कालाई पोखरामा आयोजित कार्यक्रमका बिच रास्वपा उपसभापति स्वर्णिम वाग्लेले पार्टी प्रवेश गराएका छन्।

खड्का कांग्रेसअघि अखण्ड नेपाल पार्टीको अध्यक्ष थिए। सोही पार्टीबाट संविधान सभा सदस्य भएका उनी महिला बालबालिका मन्त्री पनि बनेका थिए।

२०७४को संसदीय निर्वाचनअघि उनले आफू नेतृत्वको अखण्ड नेपाल पार्टीलाई कांग्रेसमा समाहित गराएका थिए। त्यसपछि कांग्रेसले उनलाई आमन्त्रित केन्द्रीय सदस्य बनाएको थियो।

त्यसपछि गण्डकी प्रदेश सभा सदस्य बनेका खड्का प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्री बनेका थिए। ०७९ को निर्वाचनमा पार्टीका उम्मेदवारहरू हराउन लागेको आरोपमा उनी पार्टीको कारबाहीमा परेका थिए। अनुशासन समितिले उनलाई पार्टीबाट निष्कासन नै गरेको थियो।

त्यसयता निष्क्रिय रहेका खड्का अहिले रास्वपा प्रवेश गरेका हुन्। उनीसँगै पोखराका व्यवसायी मिलन थापा र पुष्प अधिकारी पनि रास्वपामा प्रवेश गरेका छन्।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय