१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने

आइसिसी पुरुष टी-२० विश्वकप २०२६ ट्रफी टुर नेपालमा तीन दिन हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पुस २१ देखि २३ गतेसम्म नेपाल ट्रफी टुर हुने भएको हो।

क्यानले कार्यक्रमको तालिका क्यानले पछि जानकारी गराउने जनाकारी दिएको छ।

भारत र श्रीलंकामा माघ २४ देखि सुरु हुने विश्वकपअघि भारत र श्रीलंकासहित कतार, ओमान, नेपाल, बहराइन र मङ्गोलियामा टी-२० विश्वकपको ट्रफी लैजाने कार्यक्रम छ। टुरका दौरान लाखौं फ्यानलाई ट्रफीलाई नजिकबाट हेर्ने अवसर दिइनेछ।

टी–२० विश्वकपको दशौं संस्करणमा २० टिमले भाग लिँदैछन्। २९ दिनको यो प्रतियोगिता भारतमा पाँच र श्रीलङ्कामा तीन मैदानमा हुनेछन् भने प्रतियोगिता सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ।

प्रतियोगिताका मैदानहरूम नरेन्द्र मोदी स्टेडियम (अहमदाबाद), एमए चिदम्बरम स्टेडियम (चेन्नई), अरुण जेटली स्टेडियम (नयाँ दिल्ली), वानखेडे स्टेडियम (मुम्बई), इडेन गार्डन्स (कोलकाता), आर. प्रेमदासा स्टेडियम (कोलम्बो), सिङ्गालीज स्पोर्ट्स क्लब क्रिकेट ग्राउन्ड (कोलम्बो) र पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम (क्यान्डी) रहेका छन्।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय