१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

टी-२० विश्वकपका लागि दक्षिण अफ्रिकाको टोली घोषणा

दक्षिण अफ्रिकाले फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा आयोजना हुने पुरुष टी-२० विश्वकपका लागि राष्ट्रिय टोली घोषणा गरेको छ।

करिब १० हप्तासम्म चोटका कारण मैदान बाहिर रहेका तीव्र गतिका बलर कागिसो रबाडा टोलीमा फर्किएका छन् र उनले नै दक्षिण अफ्रिकाको बलिङ आक्रमणको नेतृत्व गर्नेछन्।

रबाडासँगै एनरिक नोर्किया, मार्को यानसेन, कोर्बिन बोश, लुन्गी एनगिडी र युवा प्रतिभा क्विना माफाकाले तीव्र गतिको बलिङ सम्हाल्नेछन्।

यस पटक टोलीमा सात जना यस्ता खेलाडी छन्, जसले पहिलो पटक विश्वकप खेल्दैछन्। यसमा ब्याटरहरू डेवाल्ड ब्रेभिस, टोनी डी जोर्जी, जेसन स्मिथ र अलराउन्डरहरू जर्ज लिन्डे र डोनोभन फेरेरा सामेल छन्।

टोलीको कप्तानी एडेन मार्करमले गर्नेछन्। सन् २०२४ को विश्वकप फाइनल खेल्ने टोलीका ७ जना खेलाडी मात्र यस पटक परेका छन्। अनुभवी खेलाडी क्विन्टन डी कक, डेभिड मिलर, केशव महाराज र मार्को यानसेन टोलीमा रहेका छन्।

ब्याटर हेनरिक क्लासेनले संन्यास लिएका कारण उनी टोलीमा छैनन्। त्यस्तै, तबरेज शाम्सी, ट्रिस्टन स्टब्स, र जेराल्ड कोएत्जी जस्ता चर्चित खेलाडीहरू यसपटक टोलीमा पर्न सकेनन्। विशेषगरी स्पिनर शाम्सीको अन्तर्राष्ट्रिय करियर अब सकिएको अनुमान गरिएको छ।

टोनी डी जोर्जीलाई चोटका कारण केही समय बाहिर रहे पनि उनलाई भारत र श्रीलंकाको पिचमा राम्रो खेल्न सक्ने विश्वासका साथ टोलीमा राखिएको छ। जेसन स्मिथ आक्रामक ब्याटिङ र ‘फिनिसर’ को भूमिकाका कारण उनी छनोटमा परेका हुन्। उनी मध्यम गतिको बलिङ पनि गर्छन्।

विश्वकप सुरु हुनुअघि दक्षिण अफ्रिकाले वेस्ट इन्डिजसँग तीनवटा टी-२० खेल खेल्नेछ। दक्षिण अफ्रिकाले फेब्रुअरी ९ मा क्यानडासँग खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्नेछ। उसको समूहमा अफगानिस्तान, न्यूजिल्याण्ड र संयुक्त अरब इमिरेट्स पनि रहेका छन्।

दक्षिण अफ्रिकी टोली
एडेन मार्कराम (कप्तान), कोर्बिन बोश, डेवाल्ड ब्रेभिस, क्विन्टन डी कक (विकेटकिपर), टोनी डी जोर्जी, डोनोभन फेरेरा, मार्को यानसेन, जर्ज लिन्डे, केशव महाराज, क्विना माफाका, डेभिड मिलर, लुन्गी एनगिडी, एनरिक नोर्किया, कागिसो रबाडा, र जेसन स्मिथ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय